• २०८१ मङ्सिर २० बिहीबार

पहुँचयुक्त मतदान केन्द्र निर्माण गर्न आयोगको निर्देशन

kharibot

काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा गर्भवती महिला, अशक्त, बिरामी, जेष्ठ नागरिक र अपाङ्‍गता भएका मतदातालाई समेत सहजतापूर्वक मतदान केन्द्रमा गई आफ्नो अमूल्य मत प्रदान गर्न यथोचित व्यवस्थाका लागि निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहलाई निर्देशन दिएको छ ।

आयोगले मतदानमा खटिएका कर्मचारीले मतदान केन्द्र निर्माण गर्दा सम्बन्धित स्थानीय तहसँगको सहयोग र समन्वयमा गर्भवती महिला, अशक्त, बिरामी, जेष्ठ नागरिक र अपाङ्‍गता भएका मतदाताको गोप्य मतदान कक्षसम्म जानको लागि सहज मार्गको व्यवस्था, उपयुक्त स्थानमा गोप्य मतदान कक्ष तथा मतपेटिका राख्ने व्यवस्था, मतदान केन्द्रमा प्रवेश गर्दा र मतदान गरिसकेपछि बाहिर निस्कँदा सहज मार्गको व्यवस्था एवम् सम्भव भएसम्म विश्राम स्थलको समेत व्यवस्थाका लागि निर्देशन दिएको हो । 

निर्वाचनमा प्रत्येक मतको समान महत्व हुने भएकोले मंसिर १६ गते आइतबारका दिन विहान ७: ०० बजेदेखि अपराह्न ५: ०० बजेसम्म हुने उपनिर्वाचनमा गर्भवती महिला, अशक्त, बिरामी, जेष्ठ नागरिक र अपाङ्‍गता भएका मतदाता लगायत सबै मतदातालाई सम्बन्धित मतदान केन्द्रमा गई सहज रूपमा मतदानमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आयोगले आह्वान गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै