काठमाडौँ । बुधबार नेप्से ३८ अंकले बढेको छ ।
आज नेप्से ३८.८१ अंकले बढेर आज कुल ३१६ कम्पनीका एक करोड ७१ लाख ८३ हजार ८५४ कित्ता शेयर किनबेच हुदा ९ अर्ब ३१ करोड २९ लाख बराबरको कारोबार भएको थियो ।
आज विशाल बजार कम्पनि लिमिटेडसहित सात कम्पनिको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी मिथिला लागुवित्तको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबैभन्दा बढी जानकी फाइनान्सको ३४ करोड एक लाख बराबरको कारोबार भएको छ भने हिमालय उर्जा विकासको सबैभन्दा बढी ६ लाख ५० हजार ६७६ कित्ता शेयर कारोबार भएको छ ।