• २०८१ मङ्सिर १२ बुधबार

रुसबाट बेलायती कूटनीतिज्ञ देश निकाला

kharibot

काठमाडौँ । रुसले एक बेलायती कूटनीतिज्ञलाई देश निकाला गरेको छ । रुसी समाचार एजेन्सी टासको रिपोर्टका अनुसार रुसको विदेश मन्त्रालयले बेलायती कूटनीतिज्ञ जासुसीको उद्देश्यले देशमा आएको र आफ्नो बारेमा गलत जानकारी दिएको आरोप लगाएको छ ।

रुसी कानूनको उल्लङ्घनका कारण कूटनीतिक मान्यता खारेज गरिएको र दुई साताभित्र रुस छाड्न भनिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बेलायती विदेश मन्त्रालयले कूटनीतिज्ञलाई निष्कासन गर्ने निर्णयमा रुसले बेलायती कर्मचारीमाथि आधारहीन आरोप लगाएको यो पहिलो पटक नभएको बताएको छ । उनीहरूले उपयुक्त समयमा जवाफ दिनेछन्।

बेलायती कूटनीतिज्ञको नाम एडवर्ड विल्क्स भएको बताइएको छ । विल्क्सको तस्बिर रूसका विभिन्न टिभि च्यानलहरूमा देखाइएको थियो ।

यसैबीच फ्रान्सेली अखबार ले मोन्डेको रिपोर्टले बेलायत र फ्रान्सले युक्रेनमा सेना पठाउने विचार गरिरहेको दाबी गरेको छ । अखबारले नोभेम्बरको सुरुमा प्रधानमन्त्री केयर स्टाररको पेरिस भ्रमणको क्रममा उनले राष्ट्रपति म्याक्रोनसँग युक्रेनमा सेना तैनाथ गर्ने विषयमा वार्ता गरेको दाबि गरिएको छ ।

तर, बेलायती सरकारले यो दाबीलाई ‘झूटो’ भनेको छ । बेलायतका रक्षामन्त्री डेभिड ल्यामीले युक्रेनलाई सहयोग गरिरहने तर त्यहाँ सेना पठाउने समाचारमा कुनै सत्यता नभएको बताएका छन् ।

बेलायतले भर्खरै युक्रेनमा स्टर्म छाया मिसाइलहरूको नयाँ ब्याच पठाएको छ । स्ट्रोम श्याड़ोको दायरा २५० किलोमिटर भन्दा बढी छ । यो सन् २००० को प्रारम्भदेखि प्रयोगमा छ । यो हतियार बेलायत र फ्रान्सले संयुक्त रुपमा विकास गरेका हुन् । यसको फ्रान्सेली संस्करणलाई 'स्कल्प' भनिन्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै