• २०८१ मङ्सिर १२ बुधबार

युक्रेनको अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट रुसको डिफेन्स सिस्टम ध्वस्त

kharibot

काठमाडौँ । रुसले पहिलो पटक युक्रेनले गरेको अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट आफ्नो प्रमुख वायु रक्षा प्रणाली ध्वस्त भएको स्वीकार गरेको छ । यसका साथै कुर्स्क क्षेत्रमा रहेको सैन्य आधारमा पनि क्षति पुगेको छ ।

अमेरिकाको प्याट्रियट डिफेन्स सिस्टम जस्तै क्षमता भएको एस-४०० वायु रक्षा प्रणालीलाई लक्षित गरिएको छ । भर्खरै अमेरिकाले युक्रेनलाई एटीएसीएमएस मिसाइलहरू दिएको छ र त्यसलाई रुसभित्र लक्षित गर्न अनुमति दिएको छ ।

युक्रेनले कुर्स्क क्षेत्रमा केही लक्ष्यलाई निशाना बनाएको बताएको थियो । यसपछि रुसको रक्षा मन्त्रालयबाट विज्ञप्ति आयो, जसमा उसले प्रतिकारात्मक कारबाही गर्ने चेतावनी दिएको छ । यसैबीच, युक्रेनी वायुसेनाले सोमबार राति रुसले १८८ ड्रोनबाट आक्रमण गर्दा केही आधारभूत संरचनामा क्षति पुगेको बताएको छ ।

रुसी रक्षा मन्त्रालयले केही तस्विरहरू साझा गरेको छ, जसमा खलिनो एयर बेसमा भएको आक्रमणका क्षेप्यास्त्रका टुक्राहरू देखिन्छन् ।

गत हप्ता अमेरिकाले युक्रेनलाई गहिरो मार हान्न एटीएसीएमएस मिसाइल दिएपछि युक्रेन र रुसबीचको तनाव चरम सीमामा छ किनभने रुसले उत्तर कोरियाली सेनालाई रुसमा तैनाथ गरेको बताइएको छ ।

गत हप्ता रुसले शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । एक हजार दिनभन्दा बढी समयदेखि चलिरहेको यो युद्धमा पहिलो पटक यति शक्तिशाली हतियार प्रयोग भएको मानिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै