• २०८१ मङ्सिर ११ मंगलबार

इजरायल र हिजबुल्लाहबीच युद्धविरामको संकेत

kharibot

काठमाडौँ । इजरायल र लेबनानबीच युद्धविराम सम्झौताको सम्भावना रहेको बताइएको छ । यसबारे छलफल गर्न इजरायली मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

इजरायल र लेबनानमा रहेको इरान समर्थित शिया सशस्त्र समूह हिजबुल्लाहबीचको लडाइ अन्त्य गर्न ६० दिनको युद्धविराम प्रस्ताव गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यसमा दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता गर्ने र यस क्षेत्रमा हिजबुल्लाहको उपस्थितिको अन्त्य गर्ने प्रस्ताव गरिएको उल्लेख छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले युद्धविरामको नजिक पुगेको बताएका छन् ।

आइतवार मात्र हिजबुल्लाहले इजरायलमा २५० रकेट प्रहार गरेपछि युद्धविरामको विषय बाहिर आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै