काठमाडौं । शहिद स्मारक 'बी' डिभिजन लिगका १४ मध्ये १० क्लबले ३ वर्षअघिको लिगको बक्यौता रकम नपाएसम्म लिग नखेल्ने बताएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको मिति सार्वजनिक गरेको एक सातापछि १० क्लबले एन्फाले एकलौटी निर्णय लाद्न खोजेको आरोप लगाएका हुन् । उनीहरुले सामूहिक रुपमा प्रेस विज्ञप्ति जारी गर्दै बक्यौता रकम नपाएसम्म लिग नखेल्ने लडान लिएका हुन् ।
मंसिर ६ गते एन्फा र क्लबका पदाधिकारीबीचको बैठकले माघ १३ गतेबाट 'बी' डिभिजन लिग सञ्चालन गर्ने निर्णय गरेको थियो । बैठकले मंसिर २१ गतेभित्र क्लब दर्ता गर्ने र पुस १३ गते तालिका सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
विज्ञप्ति जारी गर्नेमा अन्नपूर्ण क्लब, मध्यपुर युथ एसोसियसन, सरस्वती युवा क्लब, बिग्रेड ब्वाइज, नयाँबस्ती युथ क्लब, विरगन्ज युनाइटेड, टुसार युथ क्लब, ब्वाइज युनियन, च्यासल युथ क्लब र झापा फुटबल क्लबले बक्यौता रकम माग गरेका हुन् ।
बी डीभिजन लिग पछिल्लो पटक ३ वर्षअघि भएको थियो ।