• २०८१ मङ्सिर ११ मंगलबार

आइपिएल मेगा अक्सनमा बने कैयौं किर्तिमान

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को लागि साउदी अरेबियाको जेद्दाहमा मेगा अक्सन सोमबार राति सकिएको छ । लिलामी दुई दिनसम्म चलेको थियो, जसमा सबै १० फ्रेन्चाइजीहरूले आ-आफ्नो टोलीले खेलाडीका लागि बोली लगाएका थिए । 

यस अक्सनमा भारतीय विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त सबैभन्दा महँगा खेलाडी बनेका छन्, जसलाई लखनउ सुपर जाइन्ट्सले २७ करोड भारुमा किनेको छ । पन्तका अलावा श्रेयस अय्यरलाई पञ्जाब किंग्सले २६.७५ करोडमा र वेंकटेश अय्यरलाई कोलकाता नाइट राइडर्सले २३.७५ करोड भारुमा किनेको छ । त्यस्तै अर्शदीप सिंह र युजवेन्द्र चहललाई पञ्जाब किंग्सले १८–१८  करोड भारुमा किनेको छ ।

दुई दिनसम्म चलेको यो मेगा अक्सनमा कूल ५७७ खेलाडी सहभागी थिए । जसमध्ये १८२ खेलाडी बिक्री भएका छन् भने ३९५ खेलाडीका लागि कसैले बोली लगाएनन् । १८२ मध्ये ६२ विदेशी खेलाडीका लागि बोली लागेको छ ।

एकै समयमा, १० टोलीले जम्मा आठवटा राइट टु म्याच कार्ड प्रयोग गरेका थिए । यस लिलामीमा सबै १० फ्रेन्चाइजीहरूले कुल ६३९.१५ करोड भारु खर्च गरेका छन् । मेगा अक्सनको पहिलो दिन ब्याट्सम्यान र अलराउन्डरको दबदबा देखिए पनि दोस्रो दिन भारतीय फास्ट बलरको दबदबा रह्यो । दोस्रो दिन भुवनेश्वर कुमार, दीपक चाहर, आकाश दीप र मुकेश कुमारका लागि ठूलो बोली लागेको आयो। आरसीबीले भुवनेश्वरलाई १०.७५ करोडमा, मुम्बई इन्डियन्सले दीपक चाहरलाई ९.२५ करोडमा र मुकेश कुमारलाई दिल्ली क्यापिटल्सले ८ करोडमा किनेका थिए ।

यसपटक १३ वर्षीय वैभव सूर्यवंशी पनि लिलामीमा प्रवेश गरे, जसको आधार मूल्य ३० लाख रुपैयाँ थियो । वैभवलाई लिलामीमा राजस्थान रोयल्सले १.१० करोड भारुमा किनेको थियो र उनी आईपीएल लिलामीमा बेचिने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । यस लिलामीमा पहिलो पटक २५ करोडको अंक पार भएको छ । गत वर्ष मिनी अक्सनमा दुई खेलाडी कमिन्स र स्टार्कले पहिलो पटक २० करोड नाघेका थिए भने यस वर्ष पन्त र श्रेयसले २५ करोड नाघेका छन् ।

यस अक्सनमा अष्ट्रेलियाका पूर्व ओपनर डेभिड वार्नर, भारतीय अलराउन्डर शार्दुल ठाकुर, जेम्स एन्डरसन, पृथ्वी शा र न्यूजील्याण्डक केन विलियम्सनलगायत धेरै खेलाडीले खरिदकर्ता फेला पारेनन् । 
त्यस्तै महान ब्याट्सम्यान सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरलाई अन्ततः मुम्बई इन्डियन्सले उनको आधार मूल्य ३० लाखमा किनेको छ ।

आउदो आइपिएल सिजन ६ खेलाडी हुनेछन् जसको पारिश्रमिक २० करोड नाघेको छ । जसमा पन्त र श्रेयस बाहेक यसमा भेंकटेश अय्यर, हेनरिक क्लासेन, विराट कोहली र निकोलस पूरन छन् । साथै ४४ खेलाडीको तलब १० करोडदेखि २० करोडसम्म हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै