काठमाडौँ । बेलायतमा सरकार गठन भएको चार महिनामै लेबर पार्टीको सरकारविरुद्ध असन्तुष्टि बढेको छ ।
एक अनलाइन याचिकामा मानिसहरूले बेलायतमा पुन: निर्वाचनको माग गरेका छन् । अचम्मको कुरा के छ भने १७ लाख मानिसले यो याचिकालाई समर्थन गरेका छन् । यति मात्र होइन, सोसियल मिडिया प्लेटफर्म एक्सका मालिक इलोन मस्कले पनि यो पिटिशनको सफलताको बारेमा एउटा सन्देश रिपोष्ट गरेका छन् ।
निर्देशिका अनुसार यस्तो अनलाइन पिटिशनमा कुनै कानून वा नीतिमा परिवर्तनको माग भएमा सरकारले १० हजार साइन अपपछि त्यसको जवाफ दिने गर्छ । यति मात्र होइन, कुनै याचिकामा १ लाख हस्ताक्षर भएमा त्यसको विषयमा संसदमा पनि बहस हुन्छ ।
यस निवेदनको जानकारीमा भनिएको छ- 'म फेरि पनि आम निर्वाचन चाहन्छु । वर्तमान सरकारले आम निर्वाचनका बेला गरेका वाचा पूरा गर्न असफल भएको महसुस गरेको छु ।'
यो याचिकामा १७ लाख ७१ हजार ४२३ जनाले हस्ताक्षर गरेका छन् । यो याचिका एक ब्रिटिश पब अपरेटर माइकल वेस्टवुड द्वारा सुरु गरिएको थियो ।
अमेरिकामा डोनाल्ड ट्रम्पको जितमा महत्वपूर्ण भूमिका खेलेका टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले सेयर गरेको पोस्टमा भनिएको छ, 'बेलायतमा मध्यरातको ६ घण्टापछि मात्रै २ लाख हस्ताक्षरको लक्ष्य पुग्यो । वाह ।'
यसैबीच, याचिका सुरु गर्ने वेस्टवुडले लेबर सरकारको कार्यहरू घोषणापत्रमा गरिएका वाचाहरूको पूर्ण रूपमा विपरित रहेको बताएका छन् ।
चार महिना अघि मात्र बेलायतको आम निर्वाचनमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीलाई पराजित गर्दै लेबर पार्टी सत्तामा आएको थियो । प्रधानमन्त्री बनेका केइर स्टार्मरले चुनावी बाचा अनुसार काम गर्न नसकेको आरोप लागाईएको छ ।