काठमाडौँ । केमी बेडनक बेलायतको कन्जरभेटिभ पार्टीको नयाँ नेता बनेकी छन्
४४ वर्षकी केमी बेडनक ब्रेक्सिटको कडा समर्थक हुन् । उनी आप्रवासी मुद्दाहरू र ट्रान्स समुदायका अधिकारहरूमा खुला विचार र कडा अडानका लागि परिचित छिन ।
यसअघि यो पद बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकसँग थियो । जसको नेतृत्वमा कन्जरभेटिभ पार्टीले सन् १८३२ को जुलाईमा सबैभन्दा खराब प्रदर्शन गरेको थियो । सन् २०२४ को चुनावमा कन्जरभेटिभ पार्टीले २०० भन्दा बढी सिट गुमाएको थियो ।
नाइजेरियामा हुर्केकी केमी बेलायतको कुनै पनि राजनीतिक दलको प्रमुख हुने पहिलो ब्ल्याक महिला हुन् । केमीले मतदाताको विश्वास जित्नको लागि कन्जरभेटिभ पार्टीलाई आफ्नो मूल सिद्धान्तमा फर्काउने वाचा गरेकी छन् ।
पार्टी नेतृवको चुनावमा केमीले अर्का नेता रोबेर्ट जेनरिकलाई पराजित गरेकी थिइन् । केमीले कुल ५३ हजार ८०६ मत पाएकी थिइन् भने जेनरिकले ४१ हजार ३८८ मत प्राप्त गरेका थिए ।
बेलायतमा कन्जरभेटिभ पार्टीका सदस्यको संख्या पनि २०२२ को तुलनामा घटेको देखिएको छ । २०२२ मा एक लाख ७२ हजार सदस्य रहेकोमा अहिलेको मतदानमा एक लाख ३२ हजार मात्र रहेको बिबिसीले उल्लेख गरेको छ ।