काठमाडौँ । नेपाली र दक्षिण भारतीय कलाकारहरुले अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ ले राम्रो कमाई गरिरहेको छ ।
बक्स अफिसमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को दबदबा कायम रहेकै बेला फिल्म ‘ह्रस्व दीर्घ’ ले नौं दिनमा ६ करोड ६९ लाख कमाई गरको निर्माण पक्षले जानकारी दिएको हो ।
फिल्मले पहिलो साता ५ करोड ५९ लाख कमाई गरेको थियो ।
गत शुक्रबार रिलिज भएका दुई फिल्म तेल भिसा र अग्निदहनले दर्शकलाई आकर्षित गर्न नसकेको फाइदा ह्रस्व दिर्घलाई हुने देखिएको छ ।
चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु विपना थापा, नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लइँटेल, आदर्श मिश्र लगायतको अभिनय छ ।
यस फिल्मको निर्माण लागत ६ करोड रहेको र फिल्मकी निर्मात्री समेत रहेकी अभिनेत्री निता ढुंगानाले फिल्म भारतीय ओटीटीमा बेचेपछि आफुहरुको लगानी सुरक्षित भइसकेको जानकारी दिएकी छन् ।