काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सन शुरु भएको छ । साउदी अरबको जेद्दामा शुरु भएको अक्सनमा पहिलो अक्सन भारतीय तिब्र गतिका बलर अर्शदीप सिंहको भएको छ ।
सिंहलाई पञ्जाव किङसले १८ करोड भारुमा किनेको छ । अर्शदीपको अक्सनमा सनराइजर्स हैदरावादले १५ करोड ७५ लाखसम्म बोली लगाएको थियो । तर पञ्जाले राइट टू म्याच कार्ड प्रयोग गरेर १८ करोडमा किनेको हो ।
अर्शदीपलाई पञ्जावले यसअघि रिलिज गरेको थियो ।