• २०८१ मङ्सिर १० सोमबार

भारतले पहिलो टेस्टमा अस्ट्रेलियालाई दियो ५३४ रनको लक्ष्य

kharibot

काठमाडौँ । भारतले जारी पहिलो टेस्टमा अस्ट्रेलियालाई ५३४ रनको लक्ष्य दिएको छ ।

टेस्टको तेस्रो दिन भारतले दोस्रो इनिंगमा ४८७ रन बनाएर आफ्नो इनिंग घोषणा गरेसँगै पहिलो इनिंगमा ४६ रनको अग्रताको आधारमा ५३४ रनको लक्ष्य दिएको हो । 

भारतका लागि यशस्वी जैसवालले १६१ र विराट कोहलीले १०० रन बनाएका थिए । यशस्वी जैसवालको टेस्ट क्रिकेटमा यो चौथो शतक हो भने विराटको टेस्ट क्रिकेटमा यो ३०औं शतक हो ।

यस अघि यस टेस्टमा भारतले पहिलो इनिंगमा १५० रन बनाएको थियो भने अस्ट्रेलियाले १०४ रन मात्र बनाएको थियो ।

अहिले अस्ट्रेलियाले ५३४ रनको लक्ष्य पछ्याइरहेको छ र यो समाचार तयार गरुन्जेल पहिलो विकेट गुमाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै