• २०८१ मङ्सिर १० सोमबार

भारतीय स्थल सेनाध्यक्ष द्विवेदी स्वदेश फिर्ता

kharibot

काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आएका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीपाँच दिने औपचारिक भ्रमण सम्पन्‍न गरी आज स्वदेश फिर्ता भएका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेम ध्वज अधिकारीले बिदाई गरेका थिए ।

भ्रमणको क्रममा जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेका थिए । द्विवेदीले आफ्नो भ्रमणको क्रममा राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री र प्रधान सेनापतिसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए । उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित पश्चिम पृतना हे.क्वा.को भ्रमण गर्नुका साथै मुस्ताङ्ग स्थित मुक्तिनाथ मन्दिरको दर्शन र माउण्टेन फ्लाईट मार्फत विभिन्न हिमालहरुको अवलोकन समेत गरेका थिए ।

यस भ्रमणले दुई देशबीच रहंदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै