• २०८१ मङ्सिर ८ शनिबार

भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता

kharibot

काठमाडौँ । भारतविरुद्धको तेस्रो टेस्टमा न्यूजील्याण्डले १४३ रनको अग्रता हासिल गरेको छ ।

टेस्टको दोस्रो दिन आफ्नो दोस्रो इनिंगमा न्यूजील्याण्डले ९ विकेट गुमाएर १७१ रन बनाएपछि भारतविरुद्ध १४३ रनको अग्रता लिएको हो ।

दोस्रो इनिंगमा न्यूजल्याण्डका विल योंगले ५१ रन बनाए भने अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन । त्यस्तै भारतीय बलर रविन्द्र जडेजाले ४ विकेट लिए भने आर आश्विनले ३, वाशिंटन सुन्दर र आकास दीपले एक एक विकेट लिएका थिए ।

यसअघि न्यूजील्याण्डले पहिलो इनिंगमा २३५ र भारतले पहिलो इनिंगमा २६३ रन बनाएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै