• २०८१ मङ्सिर ११ मंगलबार

तेस्रो टेस्टको पहिलो दिन भारतविरुद्ध न्यूजील्याण्ड १४९ रनले अगाडी

kharibot

काठमाडौँ । भारतविरुद्धको तेस्रो टेस्टमा न्यूजील्याण्डले सुखद शुरुवात गरेको छ । खेलको पहिलो दिन टस जितेर पहिला ब्याटिंग गर्दै २३५ रनमा अल आउटभएको न्यूजील्याण्डले भारतका चार ब्याट्सम्यानलाई आउट गरेको छ ।

पहिलो दिनको खेल सकिदा भारतले ४ विकेट गुमाएर ८६ रन बनाएको छ र न्यूजील्याण्डभन्दा १४९ रनले पछाडी रहेको छ ।

भारतका यशस्वी जैसवालले ३०, कप्तान रोहित शर्माले १८, मोहमद सिराज शुन्य र विराट कोहली ४ रन बनाएर आउट भएका छन् । न्यूजील्याण्डका बलर एजाज पटेलले २ र माट हेनरीले एक विकेट लिएका थिए ।

यस अघि न्यूजील्याण्डले पहिला ब्याटिंग गर्दै २३५ रन बनाएर अल आउट भएको थियो । न्यूजील्याण्डका डार्यल मिचेलले ८२ रन बनाए भने विल योंगले ७१ रन बनाएका थिए । त्यसैगरी भारतीय बलर रविन्द्र जडेजाले ५, वाशिंटन सुन्दरले ४ र आकास दीपले एक विकेट लिएका थिए ।
       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै