• २०८१ कार्तिक ८ बिहीबार

रौतहटबाट दुई थान बन्दुक र २० थान डमरुसहित एक पक्राउ

kharibot

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ३ मा पर्ने चुरे क्षेत्रको ख्याकु गाउँबाट २ थान भरुवा बन्दुक र खयर काठको डमरुसहित एक जना पक्राउ परेका छन् ।

डिभिजन वन कार्यालय रौतहटको गस्ती टोलीले भरुवा बन्दुक र डमरु सहित एकजनालाई पक्राउ गरेको जनाएको हो ।

ख्याकु गाउँमा अवैध रूपमा खयर काटेर डमरु कारखाना सञ्चालन गर्दै आएका कान्छामान जिम्बालाई गोठमा डिभिजन वन कार्यालयको गस्ती टोलीले छापामारी गर्ने क्रममा पक्राउ गरेको जनाएको छ ।साथै उनको साथबाट दुई थान भरुवा बन्दुक पनि बरामद भएको डिभिजन वन  प्रमुख हेमन्त प्रसाद साहले जानकारी दिएका छन् ।

टोलीले जिम्बाको घरबाट दुई थान भरुवा बन्दुक र २० थान खयरको डमरु समेत बरामद गरेको छ ।

जिम्बालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत राजेश कुमार साहले जानकारी दिएका छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै