• २०८१ कार्तिक ८ बिहीबार

मोदी र जिनपिङबीच भेटवार्ता

kharibot

काठमाडौँ । रुसको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनपछि प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

भेटका क्रममा दुई देशका शीर्ष नेताबीच भएको कुराकानीको विवरण भारतीय विदेश मन्त्रालयले दिएको छ ।

विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदीले पूर्वी लद्दाखमा एलएसीमा गस्ती सम्बन्धी सम्झौताको स्वागत गरेका थिए ।

दुई देशबीचको मतभेद र विवादलाई राम्ररी समाधान गर्न र शान्ति र सद्भावमा खलल नपर्न दिनु पर्नेमा पनि जोड दिएको मत्न्रालयले उल्लेख गरेको छ ।

भेटमा दुवै देशका शीर्ष नेताहरूले छिट्टै दुवै देशका प्रतिनिधिबीच भेटवार्ता गरी भारत–चीन सीमा समस्यामा शान्ति र सद्भावको व्यवस्थापनका सम्बन्धमा दुई देशबीचको निष्पक्ष, उपयुक्त र स्वीकार्य समाधान खोज्ने सहमति भएको छ ।

दुई देशका शीर्ष नेताहरूले दुई छिमेकी र विश्वका दुई ठूला देश भएकाले भारत र चीनबीचको स्थिर, अनुमानित र सौहार्दपूर्ण सम्बन्धले क्षेत्रीय र विश्वव्यापी शान्ति र समृद्धिमा सकारात्मक प्रभाव पार्ने कुरामा जोड दिएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै