• २०८१ कार्तिक ७ बुधबार

रौतहटमा खेतमा लुकाईराखेको अबैध सालको काठ बरामद 

kharibot

रौतहट । रौतहट स्थित एकजना तस्करले खेतमा लुकाइराखेको सालको काठ बरामद गरिएको छ ।

सेक्टर वन कार्यालय जंगलसहिया र सशस्त्र प्रहरी बेस क्याम्प हरिनगर पोखरभिन्डा, प्रहरी चौकी छेदिचौकको संयुक्त टोलीले एकजनाको खेतमा परालले छोपेर राखेको सालको गोलिया काठ बरामद गरेको हो।

सूचनाको आधारमा डिवीजन बन कार्यालय रौतहटका सहायक अधिकृत एवं सेक्टर बनका प्रमुख राजेश कुमार साहको कमाण्डमा खटिएको संयुक्त टोलीले कटहरिया नगरपालिका २ जमुनिया गाउँ छेउमा रामजनम दासको खेतमा परालले छोपिरहेको अवस्थामा ४ वटा सालको  गोलिया काठ बरामद गरेको प्रहरीले जनाएको छ।

करीब १६ क्युफिट बरामद काठ आवश्यक कारवाहीको लागि सेक्टर वन कार्यालय जन्गलसहिया लागिएको तथा काठ बारे अनुसन्धान भईरहेको डिवीजन बन कार्यालय रौतहटले जनाएको छ। हिन्दूहरूको पर्व तिहारको अवसरमा बन कर्मचारी तथा वन सुरक्षाकर्मी घर बिदामा गएको मौका छोपेर तस्करहरुले निर्वाध रूपमा काठको चोरी निकासी गर्ने गर्दछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै