• २०८१ कार्तिक ६ मंगलबार

नेप्से ५८ अंकले घट्यो

kharibot

काठमाडौँ । सोमबार नेप्से परिसूचक ५८ अंकले घटेको छ । आज नेप्से ५७.९९ अंकले घटेर २६३९.९२ विन्दुमा बन्द भएको छ ।

आज कुल ३१९ कम्पनीका एक करोड ३८ लाख ६३ हजार ४४३ कित्ता शेयर किनबेच हुदा ५ अर्ब ९० करोड ७ लाख ९१ हजार बराबरको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी वीन नेपाल लघुवित्तको शेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर ९.८२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एंगाडी हाइड्रोको मुल्यमा ९.२० प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबैभन्दा बढी हिमालयन रिइन्सुरेन्सको २२ करोड ३ लाख ६७ हजार बराबरको कारोबार भएको छ भने एनगाडी हाइड्रोको १७ करोड ७६ लाख ५३ हजार बराबरीको कारोबार भएको छ ।

त्यस्तै आज कुमारी बैंकको सबैभन्दा बढी ७ लाख ३१ हजार ७४१ कित्ता शेयर कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै