• २०८१ कार्तिक ५ सोमबार

न्यूजील्याण्डसँग पहिलो टेस्टमा घरेलु मैदानमा हार्यो भारत

kharibot

काठमाडौँ । न्यूजील्याण्डले भारतविरुद्धको टेस्ट सिरिजको पहिलो खेल जितेको छ ।

खेलको पाँचौं दिन न्यूजील्याण्डले पाएको १०७ रनको लक्ष्य २ विकेट गुमाएर पुरा गर्दै खेल ८ विकेटले जितेको हो ।

न्यूजील्याण्डले भारतलाई उसको घरेलु मैदानमा करिब ३६ बर्षपछि पराजित गरेको हो । त्यस्तै पछिल्लो १० बर्षमा भारतलाई घरेलु मैदानमा पराजित गर्ने न्यूजील्याण्ड तेस्रो देश बनेको छ ।

यस टेस्टमा भारत पहिलो इनिंगमा ४६ रनमा समेटिएको थियो भने न्यूजील्याण्डले पहिलो इनिंगमा ४०२ रन बनाएको थियो । त्यस्तै भारतले दोस्रो इनिंगमा ४६२ रन बनाएर खेलमा हावी हुने प्रयास गरेको थियो ।

यो जितपछि ३ खेलको सिरिजमा न्यूजील्याण्ड १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल अक्टोबर २४ देखि पुणेमा हुने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै