• २०८१ असोज २५ शुक्रबार

मिल्टन आँधीबाट अमेरिकामा १६ जनाको मृत्यु

kharibot

काठमाडौँ । अमेरिकामा मिल्टन आँधीका कारण हालसम्म १६ जनाको मृत्यु भएको छ ।

आगामी दिनमा मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना पनि व्यक्त गरेका छन् । फ्लोरिडाको एउटा अपार्टमेन्ट कम्प्लेक्सबाट करिब ४०० जनाको उद्धार गरिएको छ । अपार्टमेन्टमा करिब २००० मानिस बस्थे।

बुधबार अमेरिकाको फ्लोरिडामा मिल्टन आँधी आएको थियो । त्यसपछि धेरै क्षेत्र डुबानमा परेका छन् । यसबाहेक ३० लाखभन्दा बढी घरमा विद्युत् कटौती भइरहेको छ । फ्लोरिडाको सेन्ट पिटर्सबर्गमा पिउने पानी छैन।

मिल्टन आँधीले गरेको विनाशपछि अधिकारीहरूले पानी आपूर्ति बन्द गर्नुपरेको थियो।

यो आँधी घातक साबित हुन सक्छ र तीव्र हावाले अचानक बाढी निम्त्याउन सक्ने चेतावनी दिइएको छ ।

अमेरिकी राष्ट्रिय तूफान केन्द्रका अनुसार उत्तरी एट्लान्टिकमा हालैका वर्षहरूमा आएको यो सबैभन्दा शक्तिशाली आँधी हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै