• २०८१ असोज २६ शनिबार

भेनेजुएलासँग बराबरीमा रोकियो अर्जेन्टिना

kharibot

काठमाडौँ । अर्जेन्टिना विश्वकप छनौट अन्तर्गतको खेलमा भेनेजुएलासँग बराबरीमा रोकिएको छ । शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना र भेनेजुएला १-१ गोलको बराबरीमा रोकिएका छन् ।

अर्जेन्टिनाले खेलको १३औं मिनेटमा निकोलस ओटामण्डीको गोलमा शुरु वती अग्रता लिएको थियो । त्यसपछि भेनेजुएलाले खेलको ६५औं मिनेटमा सालोमोन रोनडोनको गोलमा बराबरी गोल गर्दै अर्जेन्टिनालाई जितबाट रोकेका थिए ।

यो बराबरीपछि अर्जेन्टिनाको दक्षिण अमेरिकी विश्वकप छनौटमा ९ खेलमा १९ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै भेनेजुएलाको भने ९ खेलमा ११ अंक रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै