• २०८१ असोज २५ शुक्रबार

आज र भोलि काठमाडौको रिङरोडमा सशस्त्रको नि: शुल्क बस संचालन

kharibot

काठमाडौँ ।  बडा दशैं २०८१ को अबसरमा यात्रुहरुको सहजताको लागि सशस्त्र प्रहरी बलले आज र भोलि (असोज २५ र २६ गते ) काठमाडौको रिङरोडमा निशुल्क बस सेवा संचालन गरेको छ ।

आज बिहान ६ बजे बाट शुरु भएको निशुल्क बस सेवा अन्तर्गत एउटा बस  प्रधान कार्यालयबाट कलंकी, सातदोबाटो, कोटेश्वर, गौशाला , महाराजगन्ज, बालाजु रुटमा संचालन गरिएको छ भने अर्को बस प्रधान कार्यालयबाट बालाजु, महाराजगन्ज,गौशाला , कोटेश्वर , सातदोबाटो, कलंकी रुटमा संचालन गरिएको छ ।

चाडपर्बको समयमा सार्बजनिक गाडी कम गुड्ने भएकोले सर्बसाधारणको सुबिधाको लागि बस संचालन गरिएको हो । बडादशैंको अबसरमा यस अघिका बर्षमा पनि काठमाडौमा सशस्त्र प्रहरी बलले  निशुल्क बस सेवा संचालन गरेको थियो । यसै गरि बिगत बर्षहरु जस्तै यस बर्ष पनि सर्बसाधारणका लागि सशस्त्र प्रहरी बलले देश भरी स्थानीय निकायसँगको समन्वय समेतमा १ सय ९७ वटा लिङ्गेपिङ राखेको छ । बिगत करिब १४ बर्ष देखि पिङ राख्ने कार्यलाइ यो बर्ष पनि निरन्तरता दिइएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै