• २०८१ असोज १७ बिहीबार

आजदेखि फिल्म ‘बेहुली फ्रम मेघौली’ रिलिज

kharibot

काठमाडौँ । आजदेखि निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का दम्पतीको निर्माण तथा अभिनय रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ रिलिज भएको छ । एकल प्रदर्शनमा आएको फिल्मले दशैँ बिदाको फाइदा उठाउने देखिएको छ ।

यस फिल्मले नेपाल फिल्मको इतिहासमै सर्वाधिक ३४० शोज पाएको छ । गत सोमबारदेखि नै मल्टीप्लेक्सहरुले ‘एड्भान्स बुकिङ’ खुला गरेकोमा फिल्मप्रति राम्रो क्रेज देखिएको छ । काठमाडौंमा केही शोज बुधबार नै ‘सोल्डआउट’ भएका थिए ।

प्रदर्शनको पूर्वसन्ध्यामा भक्तपुरस्थित क्यूफएएक्स हलमा फिल्मको प्रिमियर गरिएको थियो । प्रिमियरमा फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का ट्याक्टर चलाएर पुगेकी थिइन् । फिल्ममा पनि उनले ट्याक्टर चलाएको दृश्य छ । प्रिमियरमा ‘बेहुली फ्रम मेघौली’ ले राम्रो प्रतिक्रिया पाएको छ । 

फिल्ममा स्वस्तिमासहित निश्चल बस्नेत, बसुन्धरा भुषाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, सिरु बिष्ट, आमिर गौतम, रक्षा थापा लगायतको पनि अभिनय छ ।

यसमा सजन काफ्ले र आकाश बरालको संयुक्त लेखन तथा निर्देशन छ । स्वस्तिमा र निश्चल दम्पतीको निर्माणमा बनेको फिल्मको कार्यकारी निर्माताहरुमा फिरोज खड्का र शंकर पाण्डे छन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको नृत्य निर्देशन, जयन जे वाइवा र कुशल पोखरेलको संगीत तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै