• २०८१ असोज १४ सोमबार

अवैध लागूऔषधसहित ६ जना पक्राउ

kharibot

काठमाडौँ । प्रहरीले अवैध लागु औषधसहित देशका विभिन्न स्थानबाट ६ जना पक्राउ गरेको छ । 

जसमा बाँके, कोहलपुर नगरपालिका-१३ भरैयाबाट अवैध लागूऔषध गाँजा २ किलो १ सय ५० ग्राम सहित सोही ठाउँ बस्ने ५४ वर्षीय अमर नेपालीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर र पसल तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  

त्यस्तै बाजुरा, बडीमालिका नगरपालिका-८ मार्तडी बस्ने ३४ वर्षीय शिवलाल रोकायालाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४१ ग्राम ५ सय ५० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  

त्यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-६ रानीपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-४ बोरिङ बस्ती बस्ने २५ वर्षीय प्रकाश घर्तिमगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

त्यस्तै पर्सा, वीरगंज महानगरपालिका-१६ भानु चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २३ ग्राम ३ सय मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी ग्राम पञ्चायत नकरदेही-१ बस्ने २० वर्षीय फुल महम्द देवान र २८ वर्षीय अली अख्तर रहेका छन् । प्रहरी चौकी बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको प्रहरीले बिआर ०५ एए ४४५० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

त्यस्तै रूपन्देही, शुद्धोधन  गाउँपालिका-७ सिसवास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५० ग्राम सहित कपिलवस्तु, कपिलवस्तु नगरपालिका-१० जगदिशपुर बस्ने ३४ वर्षीय नागराज सिंहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छपिया र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले लु.४० प ६५१९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै