• २०८१ असोज ७ सोमबार

ढुक्क हुने अवस्था छैन, डराएर भाग्दिन- रवि लामिछाने

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफु नडराउने बताएका छन् ।

पार्टी कार्यालय बनस्थलीमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै आफुलाई सबै अनुसन्धानले सहकारी ठगिमा आरोपित नभएको भन्दै अहिले कुन प्रमाणले दोषी देखियो भन्दै आफु डराएर नभाग्ने बताएका हुन् ।

सरकारले के गर्न खोजेको हो आफुले नबुझेको बताउदै अनुसन्धानको सबै प्रक्रियामा सघाउन तयार रहेको बताए । 

उनले भने- 'ढुक्क हुने अवस्था छैन । मैले बुझे अनुसार पक्राउ पुर्जी जारी गरिएको छैन भन्ने छ । तर पनि विश्वास गर्ने आधार छैन । नयाँ आएको दललाई यसरी धरपकड गरेको सुहाएको छैन । म हिजो पनि अन्यायको सिकार भएको छु र आज पनि निरन्तर धरपकडमा छु ।' 

लामिछानेले कानुनी, नैतिक र राजनीतिक रुपमा लड्न तयार भएको बताउदै जनताको जनप्रतिनिधिलाई यो तहको धरपकड स्वीकार्य नभएको बताए ।
  
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै