• २०८१ असोज ६ आइतबार

दुर्गा प्रसाईलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

kharibot

काठमाडौं । पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँले प्रसाईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको थियो । 

साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो ।

(यस समाचारमा तीन दिन हुनुपर्नेमा यस अघि अन्यथा भएकोले सच्याइएको छ- सम्पादक) 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै