• २०८१ असोज २ बुधबार

उपसभामुखको पक्षमा उभिने एकीकृत समाजवादीको निर्णय

kharibot

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको पक्षमा उभिने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटीको बठकले उपसभामुख रानाको पक्षमा उभिने निर्णय गरेको हो ।

उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन केही युवाहरुलाई भिसा सहजीकरण गरिदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेपछि उनी विवादमा छिन् । सत्तारुढ दलले उनलाई मार्ग प्रशस्त गर्न आग्रह गरिरहेको र राजीनामा दिएर मार्ग प्रशस्त नगरे प्रतिनिधि सभामा प्रस्ताव ल्याएर हटाउने तयारी गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि उपसभामुख रानाको पक्षमा उभिने बताउँदै आएको छ ।

सत्तारुद दलले उपसभामुख रानालाई हटाउने प्रस्ताव ल्याएमा दुई तिहाई बहुमतले हटाउन सक्ने अवस्था संसद्को समीकरणमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै