• २०८१ असोज २ बुधबार

नयाँ मापदण्ड जनताको निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन्- एकीकृत समाजवादी

kharibot

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बागमती नदी संरक्षणका सन्दर्भमा परेको मुद्दामा अदालतले गरेको फैसलाले जनताको निजि सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् भएको निष्कर्ष निकालेको छ ।

एकीकृत समाजवादी काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला अध्यक्षसहितको टोलीका नेताहरुलाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले यस विषयमा पार्टी जनताको पक्षमा उभिने बताउदै जनताको निजी सम्पत्ति माथिको संवैधानिक अधिकार हनन भएको बताएका हुन् ।
उनले यसका लागि सबै किसिमका संवाद र दवाबकारी कार्यक्रम गर्नसमेत पहल गर्ने बताए ।

 कार्यक्रममा अध्यक्ष नेपाल, वरिष्ट उपाध्यक्ष राजेन्द्र पाण्ड, वरिष्ठ नेता प्रमेश हमाल ,उपाधक्षहरु राजेन्द्र पाण्डे, गङ्गालाल तुलाधर, जगन्नाथ खतिवडा र महासचिव घनश्याम भुसालको उपस्थिति थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै