काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी सरकारमा वन तथा वातावरणमन्त्री बनेका बादशाह कुर्मीलाई राजीनामा दिन निर्देशन दिएका छन् ।
कांग्रेस सांसद कुर्मीविरुद्धको आन्दोलन चर्किँदै गएपछि देउवाले कुर्मीलाई तत्काल राजीनामा दिन निर्देशन दिएका हुन् ।
कुर्मीमाथि बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप छ ।