• २०८१ भदौ ३० आइतबार

बालेनको चेतावनी- म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ

kharibot

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाह केपी शर्मा ओली नेतृत्वको सरकारप्रति फेरी आक्रामक भएका छन् ।

सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले आफु गलत भए पक्राउ गर्न चेतावनी दिदै अन्यथा दोषीलाई पक्राउ गर्न चुनौती दिएका छन् ।

बालेनले एमाले प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु हिँसा गरेको र तुरुन्त पक्राउ गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको पोष्ट हटेपछि अनेकौं टिप्पणी भइरहेका छन् । यसैबीच बालेनको सचिवालयले मंगलबार सो पोष्ट कसैले रिपोर्ट गरेका कारण फेसबुकले नै डाउन गरिदिएको स्पष्ट गरेको छ ।

यसै प्रसंगमा बालेनले पोष्ट उडाउने होइन भन्दै दोषीलाई समात्न आग्रह गरेका हुन् । उनले भनेका छन्- 'पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै