• २०८१ भदौ ३० आइतबार

अवैध लागूऔषधसहित दुई जना पक्राउ

kharibot

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ गैरी टोल बस्ने ५० वर्षीया ईन्द्र कुमारी विश्वकर्मालाई अवैध लागूऔषध गाँजा ६ सय ७० ग्राम र चाँदीको दाना ५ सय ३० ग्राम सहित शुक्रबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा र चाँदी फेला पारी पक्राउ गरेको हो । 

त्यस्तै कैलाली, धनगढी उपमहानगरपालिका-८ स्थित क्याम्पस चोकबाट अवैध लागूऔषध चरेश करिब ४ किलो ५ सय ग्राम र नगद ७५ हजार रूपैयाँ सहित बझाङ केदारस्युँ गाउँपालिका-७ घर भएका ४२ वर्षीय जनक धामीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै