• २०८१ मङ्सिर १८ मंगलबार

मोहन मैनालीको मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार

kharibot

काठमाडौँ । २०८० को मदन मदन पुरस्कार  मोहन मैनालीले पाएका छन् । 

मदन पुरस्कार गुठीले मोहन मैनालीको मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दिक्षितले जानकारी दिएका छन् ।

२०८० को मदन पुरस्कारका यस अघि पाँच किताब अन्तिम छनौट गरिएको थियो । जसमा भक्त स्याङतानको 'डम्फुको आत्मालाप', जीवन क्षेत्रीको नुन-तेल,  भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र  रोशन थापा 'नीरव' को सन्त्रासका साठी दिन रहेका थिए । 

गुठिले मदन पुरस्कार छनौटका लागि ३०४ पुस्तकहरू प्राप्त भएकोमा पाँच कृतिलाई अन्तिम छनौट गरेको थियो । त्यस्तै दिक्षितले प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई २०८० सालको जगदम्बा-श्री पुरस्कार दिएको जानकारी दिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै