• २०८१ भदौ २८ शुक्रबार

'द फैमिली म्यान' को चौथो सिरिज पनि आउने

kharibot

काठमाडौँ । मनोज बाजपेयी 'द फैमिली म्यान' को बहुप्रतिक्षित तेस्रो सिजनमा श्रीकान्त तिवारीको भूमिकामा फर्किने तयारीमा छन्। फ्यानहरु नयाँ सिजनको प्रतिक्षामा छन् । यसैबीच, तेस्रो सिजन लोकप्रिय जासूस थ्रिलरको अन्त्य नहुने भएको छ । तेस्रो सिरिजबाट कथा अझै अगाडी बढ्ने र चौथो सिजन पनि आउने पछिल्लो रिपोर्टमा उल्लेख गरिएको छ ।

मिड डेको रिपोर्ट अनुसार अहिले ‘द फ्यामिली म्यान ३’ को छायांकन भैरहेको छ । यसैबीच निर्माता राज र डीके चौथो र अन्तिम सिजनको तयारीमा छन् । तेस्रो सिजनको छायांकन चलिरहेको छ र टिमका सबैजना यसलाई कसरी आकार दिन्छन् भनेर उत्साहित छन् । यससँगै चौथो संस्करणसँगै सिरिजमा साइन गर्ने पनि छलफल भइरहेको छ । 

'द फैमिली म्यान' सन् २०१९ मा प्रिमियर भएको थियो । कमेडी र जासुसीले भरिएको यो सिरिजले दर्शकको मन जित्यो । मनोज बाजपेयी, प्रियामणि र शारिब हाश्मी अभिनीत कार्यक्रम निकै हिट भयो । दोस्रो सिजनले थप उत्साह बढायो, अब तेस्रो सिजन पनि छिट्टै आउदै छ ।

तेस्रो सिजन सकिएपछि मात्रै सबै सरोकारवालासँग छलफल गरेर चौथो सिजन बारे अन्तिम निर्णय हुनेछ । चौथो सिजनको स्क्रिप्टिङ सुरु भइसकेको छ, टोलीले तेस्रो सिजनको छायांकन तालिकाको ब्रेक प्रयोग गरी नयाँ स्क्रिप्टमा काम गरिरहेको मिडिया रिपोर्टमा बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै