• २०८१ भदौ २८ शुक्रबार

रोनाल्डोले सार्बजनिक गरे आफ्नो युट्युब च्यानल

kharibot

काठमाडौँ । फुटबलर क्रिस्टियानो रोनाल्डो युट्युबमा आएका छन् । रोनाल्डोले बुधबार आफ्नो नयाँ युट्युब च्यानल UR Cristiano सार्बजनिक गर्दै अन्तत: युट्युबमा आएका हुन् ।

सामाजिक सञ्जालमा विश्वमै सबैभन्दा बढी फलोअर भएका रोनाल्डो अहिलेसम्म युट्युबमा आधिकारिक रुपमा आएका थिएनन् । युट्युबमा उनले केहि भिडियो समेत शेयर गरेका छन् । उनले युट्युब च्यानल मार्फत आफ्नो बारेमा थप जानकारी हासिल गर्न सकिने बताएका छन् । युट्युब च्यानल खोलेको एक घण्टामा नै १० लाखभन्दा बढीले रोनाल्डोको च्यानललाई सब्सक्राइब गरेका छन् ।

यो समाचार तयार गरुन्जेल रोनाल्डोको च्यानलमा १५ लाख भन्दा बढीले सब्सक्राइब गरेका छन् ।

रोनाल्डोको सामाजिक सञ्जाल एक्समा ११२.५ मिलियन, फेसबुकमा १७० मिलियन तथा इन्स्टाग्राममा ६३६ मिलियन फलोअर रहेका छन् ।
         

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै