• २०८१ भदौ २८ शुक्रबार

अवैध लागूऔषध सहित आठ जना पक्राउ

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित आठ जना पक्राउ गरेको छ । 

जसमा काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम सहित कैलाली टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय जिवन सन्ज्याललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले नुवाकोट त्रिशुलीदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.२ ख ९०७५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

त्यस्तै मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३८ मिलिग्राम सहित सुनसरी ईटहरी उपमहानगरपालिका-१० बस्ने ३९ वर्षीय राजन बुढाथोकीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यसैगरी सर्लाही, लालबन्दी नगरपालिका-१४ मोटरदोभान टोल घर भई लालबन्दी नगरपालिका-७ बजार डेरा गरी बस्ने २६ वर्षीय गंगा बहादुर थोकरलाई अवैध लागूऔषध गाँजा करिब १२ किलो ४ सय ६० ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको प्रदेश ०२-०३-००१ प ४२ ७७ नम्बर र बागमती प्रदेश ०२-०१७ प ७९५२ नम्बरको २ वटा मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

त्यस्तै झापा, बिर्तामोड नगरपालिका-१ पश्चिम बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-१ डेरा गरी बस्ने दमक नगरपालिका-३ भुटानी शरणार्थी सेक्टर जि ३ घर भएका २५ वर्षीय बिशाल राईलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बैसाली पातेपुर थाना खदनापुरा गाउँ बस्ने ३२ वर्षीय अली हुसेन र भारत बेतिया रामनगर थाना बस्ने ३० वर्षीय सुरज कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नारायणगढबाट वीरगंजतर्फ जाँदै गरेको बा.३ ख ३७६३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

त्यस्तै कैलाली, गोदावरी नगरपालिका-२ तेघरी बस्ने २२ वर्षीय हरि महरालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-३ तल्लो सिद्धबाबास्थित सडकबाट नियन्त्रित लागूऔषध नोर्फिन २ सय २१ एम्पुल, डाईजेपाम २ सय २१ एम्पुल, फेनारगन २ सय २१ एम्पुल, नगद ५० हजार रूपैयाँ, मोबाइल २ थान र सिमकार्ड ३ थान सहित कास्की पोखरा महानगरपालिका-३ बस्ने ३१ वर्षीय देवेन्द्र सुनारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले गण्डकी एएए २३१८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै