• २०८१ भदौ ३० आइतबार

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

kharibot

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएको छन् । 

आज अपराहन्न ३ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

साउन २० गते कांग्रेस-एमाले समर्थनबाट शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहले आज विश्वासको मत लागेका हुन् ।
शाह एमाले र नाउपाको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । 

५२ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका १० र नाउपाका ७ सांसद रहेका छन् । त्यसैगरी माओवादी केन्द्रका ११, एकीकृत समाजवादीका ४ तथा राप्रपाका एक एक सांसद रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै