• २०८१ भदौ २८ शुक्रबार

बंगलादेशमा प्रहरी आफै हड्तालमा

kharibot

काठमाडौँ । बंगलादेशको प्रहरी युनियनले सरकारका कारण प्रदर्शनकारीमाथि गोली चलाउन बाध्य भएको बताएको छ ।

बाध्य भएर प्रदर्शनकारीमाथि गोली चलाएको बताउदै पूर्ण रुपमा सुरक्षाको प्रत्याभूति नभएसम्म काम नगर्ने घोषणा गरेको छ ।

देशको प्रहरी संगठन बंगलादेश प्रहरी सेवा संघ (बिपीएसए) ले नचाहेर पनि आन्दोलनकारीमाथि गोली चलाउनुपरेको जनाएको हो ।

बिपीएसएले प्रहरीलाई जनतासामु खलनायकको रूपमा चित्रण गर्ने अधिकारीलाई जिम्मेवार ठहर गरेको छ ।

बंगलादेशमा हजारौं प्रहरीको संगठन बीपीएसएले भनेको छ, 'देशले कानुन बनाउँछ र हामी मात्र लागू गर्छौं । हामीले हाम्रा उच्च अधिकारीहरूको आदेश पालन गर्नुपर्छ, चाहे त्यो कानुनी होस् वा अवैध ।'

शेख हसिनाले सोमबार राजीनामा दिएपछि देशभरका ४०० भन्दा बढी प्रहरी चौकीमा आक्रमण भएको प्रहरीले जनाएको छ । बंगलादेशमा भएको प्रदर्शनमा धेरै प्रहरीको पनि मृत्यु भएको छ ।

आफ्नो विज्ञप्तिमा निर्दोष विद्यार्थीमाथि भएको कारबाहीप्रति प्रहरी संघले माफी पनि मागेको छ ।

यसैबीच प्रहरी प्रमुख चौधरी अब्दुल्ल्लाह अल मामुनले एक भिडियो सन्देश जारी गर्दै प्रहरीमाथिको आक्रमण रोक्न प्रदर्शनकारीलाई अपिल गरेका छन् । उनले सबै विद्यार्थी तथा अन्य नेताहरुलाई प्रहरीमाथिको आक्रमण रोक्न आग्रह गर्दै सेनाले अहिले सहयोग गरिरहेको बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै