• २०८१ कार्तिक २ शुक्रबार

बिआरआई कार्यान्वयनको मोडलबारे छलफल जारी छ- परराष्ट्रमन्त्री राणा

kharibot

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चिनियाँ परियोजना बिआरआईको सञ्चालन एवं कार्यान्वयनका बारेमा छलफल जारी नै रहेको बताएकी छिन् ।

संङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिदै बिआरआई बारे छलफल जारी रहेको बताएकी हुन् । 

परराष्ट्रमन्त्री राणालाई सांसदहरुले चिनियाँ परियोजना बिआरआई ऋण या अनुदान कुन मोडलमा के कसरी सञ्चालन गर्न चाहेको हो भन्दै प्रश्न गरेका थिए ।

मन्त्री राणाले जवाफमा भनिन्, 'यस परियोजनाको ‘फ्रेमवर्क डकुमेन्ट’ मा नेपाल सरकारले पहिले नै हस्ताक्षर गरिसकेको छ । अब यसको कार्यान्वयनको मोडल के कस्तो हुने, यसलाई अनुदान या ऋण केमा सञ्चालन गर्ने भन्ने विषय निर्णय भइसकेको छैन, सर्वपक्षीय रुपमा सबैसँग आवश्यक छलफल गरी पछि निर्णय गर्नेछौँ । यसमा व्यापक छलफल गर्नेछौँ, जसरी एमसीसी परियोजनाका बारेमा पनि सबैसँग व्यापक रुपमा छलफल गरेर नै संसद्ले पारित गरेको थियो ।'

पराराष्ट्रमन्त्री राणाले बङ्गलादेशमा विकसित घटनाक्रममा सबै नेपाली नागरिक सुरक्षित रहेको जानकारी गराउदै अप्ठेरोमा परेका नेपाली विद्यार्थीहरुका लागि मन्त्रालयले अलग्गै डेस्क राखेर तथा ढाकास्थित नेपाली दूतावासलाई सक्रिय गराएर नेपाल आउन सहजीकरण गरिएको जानकारी दिएकी छन् ।

त्यस्तै इपिजीको प्रतिवेदनका विषयमा सोधिएको प्रश्नमा मन्त्री राणाले सो प्रतिवेदन दुवै देशको सहमतिबाट नै बुझ्ने भन्ने रहेछ, तर कहाँ गएर रोकिएको छ भन्ने विषयमा अध्ययन गरेर अघि बढिने बताइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै