• २०८१ बैशाख २० बिहीबार

बिआरआई नेपालको आर्थिक विकासका निम्ति उपयोगी हुनेछ- झलनाथ खनाल

kharibot

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले चिनियाँ राष्ट्रपति सी चीनफिङले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) विश्वका विभिन्न देशका जनता-जनताबीचको आपसी सहकार्य तथा आर्थिक विकासका निम्ति भएको बताएका छन् । 

बेल्ट एण्ड रोड फाउण्डेशनले बेइजिङमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै नेता खनालले समतामूलक, समृद्ध र प्रगतिशील विश्व व्यवस्थाका लािग बिआरआई महत्वपूर्ण हुने बताएको नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय विदेश विभाग सचिव शङ्कर खतिवडाले जानकारी दिए । 

बिआरआईले विश्वभरका जनतालाई एकापसमा व्यापार गर्न, आपसी मूल्य, मान्यताबाट सिक्न र पारस्परिक सहयोगलाई प्रवर्द्धन गर्न अभुतपूर्व अवसर प्रदान गरेको नेता खनालले बताए । 

उनले भने, ‘‘चीनले अगाडि सारेको बिआरआईले विश्वभर रहेका मानिसको मानवता र समावेशी आर्थिक सहयोगको साझा भविष्यको परिकल्पनालाई पुनः फिर्ता ल्याएको छ ।’’ बिआरआईका माध्यमबाट नेपालले आर्थिक विकासमा गति लिने विश्वास उनले व्यक्त गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै