• २०८१ असोज १३ आइतबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआईअन्तर्गत होइन- मन्त्री किराँती

kharibot

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआईअन्तर्गत नरहेको प्रस्ट पारेका छन् । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सोधेको प्रश्नको जवाफ दिँदै उनले उक्त कुरा संसारलाई थाहा भएको बताएका हुन् ।

उनले नेपाल र चीनबीच २०१६ मा मात्रै बिआरआई सम्झौता भएको स्पष्ट पर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल त्यसअघि २०१२ मै निर्माणकार्य सुरु भएको उनले बताए । उनले भने- 'छ्यापछ्याप्ती छ त । फेरि संसदमा यही कुरा उठ्छ । बिआरआई सम्झौता त २०१६ मा भएको हो। पोखरा एयरपोर्टको २०१२ मा निर्माण सुरु भएको हो । संसारले यो बिआरआई होइन भनिरहेको छ। सांसदहरू अल्मलिएका अल्मलियै छन्। बिआरआई हो कि, यो के हो? ध्वनी प्रदूषण गरेका छन्। समय र शक्तिको खर्च गरेर के गर्छौं हामी ?'

गत बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री किराती सहभागी भएकै कार्यक्रममा चिनियाँ राजदूत छन् सोङ यो एयरपोर्ट बीआरआईअन्तर्गत बनेको दाबी गरेका थिए ।  यसअघि गत पुसमा विमानस्थल उद्घाटन कार्यक्रममा चीनका कार्यवाहक राजदूत वाङ सिनले पनि पोखरा विमानस्थल चीनको महत्त्वाकांक्षी बीआरआईअन्तर्गत भएको दाबी गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै