काठमाडौँ । आज बसेको समाजवादी मोर्चाको बैठकले आफ्ना आगामी रणनीति तय गर्न कार्यदल बनाएको छ ।
नेकपा एकीकृत समाजवादीको आलोकनगरस्थित कार्यालयमा मंगलबार बसेको बैठकले चार सदस्यीय कार्यदल बनाएको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका छन् । कार्यदलमा माओवादीबाट देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल, नेकपाबाट विश्वकर्मा र नेसपाबाट गंगानारायण श्रेष्ठ रहेका छन् ।
कार्यदलले आगामी कार्यक्रमलगायतको खाका तयार गरेर १५ दिनभित्र आफ्नो प्रतिवेदन मोर्चामा बुझाउने छ ।
आजको बैठकले कांग्रेस–एमालेको गठबन्धनलाई 'पश्चगमनको यात्रा' भएको निष्कर्ष निकालेको विश्वकर्माले बताएका छन् ।