• २०८१ भदौ १५ शनिबार

मिडियाको अगाडी बाइडेनले फेरी गरे गल्ति, आफ्नै उपराष्ट्रपतिलाई भने ट्रम्प

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार एक पत्रकार सम्मेलनमा उपराष्ट्रपति कमला ह्यारिसलाई ‘उपराष्ट्रपति ट्रम्प’ भनेका छन् । राष्ट्रपति जो बाइडेनको फिटनेस देखाउने प्रयासमा यो विशेष पत्रकार सम्मेलन आयोजना गरिएको थियो, जसमा बाइडेनले पत्रकारहरूको प्रश्नको जवाफ दिइरहेका थिए ।

तर प्रेस सम्मेलन समाप्त भएपछि, बाइडेनले तीन थप डेमोक्रेटिक नेताहरू, क्यालिफोर्नियाका कांग्रेस सदस्य स्कट पिटर्स, इलिनोइसका एरिक सोरेन र वाशिंगटनका मेरी ग्लुसेनक्याम्प पेरेजको समर्थन गुमाएका छन् । एक घन्टासम्म चलेको यो पत्रकार सम्मेलनमा बाइडेनले कमला ह्यारिस र ट्रम्पको नाममा भएको गल्तीलाई पनि महसुस गर्न सकेनन् ।

यसअघि एक कार्यक्रममा उनले युक्रेनी नेता जेलेन्स्कीलाई ‘राष्ट्रपति पुटिन’ भनेका थिए । तर, पछि उनले हाँसेर यो गल्ती सच्याए ।

बाइडेनले पत्रकारहरूलाई उनी यस चुनावी दौडमा रहन 'संकल्पित' रहेको बताउदै प्रतिद्वन्द्वी ट्रम्पलाई फेरि हराउने बताए । पहिलो राष्ट्रपतिको बहसमा आफ्नो खराब प्रदर्शनको बारेमा, बाइडेनले आफ्नो व्यस्त तालिकालाई उद्धृत गर्दै त्यो विगत भइसकेको र र अब पहिले भन्दा धेरै तयार रहेको बताएका थिए ।

डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारको रुपमा दौडमा रहेका राष्ट्रपति बाइडेनको स्वास्थ्यलाई लिएर डेमोक्र्याट सदस्यहरुमा चिन्ता बढ्दै गएको छ । यस पत्रकार सम्मेलनपछि डेमोक्र्याट नेता स्कट पिटर्सले ८१ वर्षीय बाइडेनलाई आफ्नो उम्मेदवारी फिर्ता लिन अपिल गरेका छन् ।

यसअघि पुर्व सभामुख न्यान्सी पेलोसी, डेमोक्र्याट फन्डरेजर र चर्चित हलिउड अभिनेता जर्ज क्लुनीले बाइडेनको स्वास्थ्यबारे प्रश्न उठाएका थिए।

यस बाहेक भर्मन्टका अमेरिकी सिनेटर पिटर वेल्शले वाशिंगटन पोस्ट अखबारमा लेख लेखेर बाइडेनलाई 'देशको हितमा उम्मेदवारी त्याग्न' अपील गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै