• २०८१ भदौ २३ आइतबार

रास्वपालाई रवि लामिछाने क्लबले हाइज्याक गरेको छ- मुकुल ढकाल

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालले सरकारमा गएर रबि लामिछानेले काम गर्न नसकेको आरोप लगाएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै डा. ढकालले सरकारमा गएर काम गर्न नसकेको विषय उठाएपछि विवाद भएको बताएका हुन् ।

आफुले पार्टी सभापतिको बारेमा प्रश्न उठेपछि आफुले जनतासँग कुरा गरेको बताउदै ढकालले पार्टीलाई क्लबको जस्तो गरि चलाएको आरोप लगाएका छन् ।

उनले पार्टीलाई रवि लामिछानेको क्लबको रुपमा हाइज्याक गरेर चलाइएको आरोप समेत लगाए । उनले रवि लामिछानेको क्लबबाट मुक्त गराउने बताए ।

ढकालले आफुलाई प्रचलित कानुन विपरित कारवाही गरिएको बताउदै राजनीतिक दलसम्बन्धि ऐन अनुसार स्पष्टीकरणको म्याद नै नसकिएको समयमा आफुलाई निलम्बनको पत्र थमाइएको जिकिर गरेका छन् ।

उनले स्पष्टीकरणको मौका नदिएर कारवाही गर्न पाइदैन भन्दै निलम्बनको प्रक्रिया नमिलेको र आफु अहिलेपनि पार्टीको महामन्त्री रहेको जिकिर गरेका छन् ।

आफुलाई उपसभापतिले निलम्बनको पत्र दिएको भन्दै त्यो नियम सम्मत नरहेको बताए । 
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै