• २०८१ असोज २० आइतबार

माओवादीलाई बाहिर राखेर संबिधान संशोधन स्वीकार्य छैन- अर्थमन्त्री पुन

kharibot

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने स्पष्ट गरेका छन् । 

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै अर्थमन्त्री पुनले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने स्पष्ट गर्दै दुई ठूला दल मिलेर संविधान संशोधन गर्न खोजेको हल्लाबारे संसदमै प्रश्न गर्ने बताए ।

माओवादी केन्द्रसमेत संविधानको स्टेकहोल्डर भएकाले आफुहरुलाई बाहिर राखेर संबिधान संशोधन किन गर्न खोजिएको हो ? भन्दै आफुहरुलाई त्यो स्वीकार्य नहुने बताए ।

अर्थमन्त्री पुनले सरकारले सुशासनको पक्षमा कदम चाल्न थालेपछि कांग्रेस र एमाले अत्तालिएको आरोप लगाउदै कांग्रेस–एमाले भ्रष्टाचारीहरुको पक्ष र सुशासनको विपक्षमा हो भन्ने प्रश्न गर्ने बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै