• २०८१ असार १८ मंगलबार

आज संसद् दिवस मनाइदै

kharibot

काठमाडौं । आज असार १६ गते नेपालमा संसद् दिवस मनाइँदैछ । हरेक वर्ष संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा संसद् दिवस मनाउने गरिन्छ ।

नेपालमा आज विभिन्न कार्यक्रम गरेर संसद् दिवस मनाइँदैछ । नेपालले २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको सम्झनामा यो दिवस मनाउँदै आएको छ ।

यस दिवसको अवसरमा सभामुख देवराज घिमिरेले शुभकामना दिँदै लोकतन्त्रको प्रवर्द्धन र संसदलाई जनमुखी बनाउन आजको दिनले प्रेरणा दिने बताएका छन् । यस्तै उनले लोकतन्त्रको मन्दिरका रुपमा परिचित संसदको आधारभूत चरित्रप्रति सबै सजग र सचेत रहनु पर्ने बताएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय