• २०८१ असार २० बिहीबार

बेल्जियमलाई हराउदै फ्रान्स युरोकपको क्वाटरफाइनलमा

kharibot

काठमाडौँ । फ्रान्स जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । राउण्ड १६ अन्तर्गतको खेलमा फ्रान्सले बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

फ्रान्सको जितमा खेलको ८५औं मिनेटमा राण्डल कोलो मुआनीले प्रहार गरेको बल बेल्जियमका जान भेर्टोन्गहेनलाई लागेर गोल भएको थियो ।

यो जितपछि फ्रान्स क्वाटरफाइनलमा पुगेको छ र क्वाटरफाइनलमा पोर्चुगल र स्लोभेनियाबीचको विजेतासँग खेल्ने छ । 

त्यस्तै यो हारसँगै बेल्जियमको युरोकप यात्रा भने टुंगिएको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै