• २०८१ असार १९ बुधबार

एमालेका मन्त्रीहरुलाई ओलीले बोलाए बालकोट

kharibot

काठमाडौँ । सत्ता समीकरण परिवर्तनको चर्चा चलिरहेका बेला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी एमालेका मन्त्रीलाई आफ्नो निवास बालकोटमा बोलाएका छन् ।

हाल मन्त्रिपरिषद्को बैठकमा रहेका एमाले मन्त्रीहरु सो बैठकपछि ओली निवास बालकोट जाने भएका छन् । एक मन्त्रीले अध्यक्षले बोलाएको पुष्टि गर्दै कारण थाहा नभएको बताए । 

यस अघि आजै बिहान अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चार घण्टा भन्दा बढी छलफल गरेका थिए । छलफलमा राष्ट्रिय सरकार बनाउने विषयमा समेत छलफल भएको दाबी गरिएको छ ।

एमालेबाट सरकारमा रघुवीर महासेठ, पदम गिरी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, दामोदर भण्डारी, ज्वालाकुमारी साह र बलराम अधिकारी रहेका छन् ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस- एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै