• २०८१ असार १६ आइतबार

रिद्धि सिद्धि सिमेन्टद्वारा 'मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एअर २०८१' छात्रवृत्ति कार्यक्रमको पुन: आयोजनाको घोषणा

kharibot

काठमाडौँ । रिद्धि सिद्धि सिमेन्टले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरि 'मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एअर २०८१' को छात्रवृत्ति कार्यक्रम पुन संचालनमा ल्याएको छ । यस छात्रवृत्ति अन्तर्गत २०८० मा परिक्षा दिएको र २०८१ सालमा नतिजा प्राप्त भई एसइईमा उत्तिर्ण भएका सम्पूर्ण मकवानपुर जिल्लाको विद्यार्थीहरुलाई लक्षित गरिे उक्त एसईई परीक्षामा ३.५ जि.पि.ए. देखि ४ जि.पि.ए. ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा सहभागिताको लागि योग्य मानिने छ ।

गत सालमा आयोजना  गरिएको 'मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एअर २०८०' छात्रवृति कार्यक्रममा कुल ११ विद्यार्थी लाभान्वित भएका थिए । पछिलो वर्षको छात्रवृति कार्यक्रमको भब्य र सभ्य सफलता पश्चात कम्पनीद्वारा यस २०८१ सालमा थप ४ विद्यार्थीको संख्यामा वृद्धि गरि कुल १५ जना स्मार्ट विद्यार्थीलाई मकवानपुरकै उत्कृष्ट छात्रवृति प्रदान गरिने छ ।

छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५०००/-, दोश्रो हुनेलाई रु. ३५००/-, तेश्रो हुनेलाई रु. २५००/- साथै सान्त्वना स्वरुप थप १२ विद्यार्थीलाई मासिक रुपमा रु.१५००/- कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ । यस छात्रवृत्ति कार्यक्रममा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाईट  -(www.riddhisiddhicements.com) वा फेसबुक पेज (https://www.facebook.com/RiddhiSiddhicements)  मा उल्लेखित गरिएको क्यू आर मा स्क्यान गरी फारम भर्नुहोस् । आवेदकको फारम बुझाउने अन्तिम मितिः २३ असार, २०८१ तोकिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै