• २०८१ असार १५ शनिबार

पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध

kharibot

लमजुङ । पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।

अविरल वर्षासँगै बेँसीसहर नगरपालिका–६ खरखरेभीरमा ठूलो ढुंगागासहितको पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

खरखरेभीरमा सडक माथिबाट ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको र बाटोमा पर्ने अक्टोपस झरनामा पानी बढेपछि आवागमन रोकिएको लमजुङ प्रहरी कार्यालयका सूचना अधिकारी  प्रहरी निरीक्षक थानेश्वर चपाईंले बताए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै